धनगढी । ‘छमक्क छमक्क’ देउडा गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमको मौलिक देउडा संस्कृतिमा आधुनिकीकरण मिसाउँदै तयार गरिएको उक्त गीत नेपाल चौतारी युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतका लय र शब्द रचनाकार सुशील बोहोरा हुन् भने गीतमा स्वर रोहित प्रसाद ढुंगाना, नवगायिका धनकला तिमिल्सिना सुशील बोहोराको रहेको छ ।
स्टुडियोमा निर्माण गरिएको गीतको संगीत संयोजन (एरेन्जमेन्ट) संगीतकार कृष्ण बाजुरालीले गरेका छन् । भिडियोलाई भिम थापाले निर्देशन गरेका हुन् भने अभिनयमा उनी स्वयं र रुबिना अधिकारी रहेकी छिन् । भिडियोको छायांकन जयन्द्र कुँवरले गरेका हुन् । त्यस्तै, सम्पादन श्याम कुँवरले सम्हालेका थिए । दृश्य, संगीत र भाव एकआपसमा मिसिँदै गीतले सुदूरपश्चिमेली मौलिकतालाई आधुनिक शैलीमा प्रस्तुत गर्ने प्रयास सफल देखिन्छ ।
गायक रोहित प्रसाद ढुंगानाले यसअघि ‘क्या राम्रो नौ खुवा अछाम’, ‘मुगा माल’, ‘जान्छौ भने जाउ’, ‘मेरो मायाले मेरो ज्यान खायो’, ‘मेरी केसुलडा’, ‘सुदुरे बाज’ लगायतका चर्चित गीतमा स्वर दिएका छन् । यो नयाँ सिर्जना ‘छमक्क छमक्क’ ले सुदूरपश्चिमको सांस्कृतिक पहिचानलाई अझ फराकिलो बनाउने विश्वास लिइएको छ । गीतले युवा पुस्तामाझ समेत देउडा भाकाप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दनुहोस्