संसद् भवनको छतबाट खसेर एक कामदार घाइते

काठमाडौं : संघीय संसद् भवन, नयाँबानेश्वरस्थित क्यान्टिनमाथिको छतबाट खसेर एक जना कामदार घाइते भएका छन् ।

आइतबार दिउँसो मर्मतको काम गर्दै गरेका ती कामदार फल्स सिलिङ भाँचिएर तल खस्दा घाइते भएका हुन् । घाइतेको कुहिना र गोडामा चोट लागेको जनाइएको छ ।

Seti Hospital

घाइते कामदारलाई तत्कालै खेलकुदमन्त्री तेजुलाल चौधरीको गाडीमा राखेर सिभिल अस्पताल, नयाँबानेश्वर लगिएको हो । अस्पतालमा अहिले उनको उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप विवरण आइसकिएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार