बाजुराको अति दुर्गम गाउँ पाडी पछिल्लो समय सडक सञ्जालसँग जोडिँदै !

बाजुरा: बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका अति दुर्गम गाउँ पाडी पछिल्लो समय सडक सञ्जालसँग जोडिँदै गएको छ। पाडी गाउँ हिमाली गाउँपालिकाको अति दुर्गम ठाउँमा पर्छ । यो गाउँ लामो समयदेखि सडक सञ्जालको पहुँचमा हुन सकेको थिएन । यहाँका स्थानीयलाई पालिका आउजाउ गर्न तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न सहज हुनेगरी पालिकाले गत वर्ष सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिएसँगै अहिले यो पाडी गाउँ सडक सञ्जालसँग जोडिएको हो ।

यहाँका स्थानीयलाई पालिका आउन समेत दुई तीन दिन लाग्थ्यो । अहिले पाडी गाउँ सडक सञ्जालले जोडिएसँगै दुइ चार घण्टामै पालिकादेखि घरमा पुग्ने गरेको हिमाली गाउँपालिका-६ का स्थानीय नरजित रावलले बताए । उनले भने, “अहिले सडक गाउँमै पुगेपछि हामीलाई घरदेखि पालिका जान आउन निकै सहज भएको छ । यसरी सडक पुगेपछि सवारी साधन आउन जान थालेपछि अहिले यहाँका स्थानीयहरूको जीवनशैली समेत बदलिँदै गएको छ ।” 

Seti Hospital

पहिला गाउँमा उत्पादन भएका तरकारी वस्तु कतै बिक्री हुँदैन थिए । अहिले ती वस्तुलाई खरिद गर्नका लागि व्यपारीहरू समेत घरमै पुग्ने गरेका छन् । गाउँमा उत्पादन गरेका फलफुल तथा तरकारी वस्तु समेत अहिले बजारमा लिन समेत निकै सहज भएपछि यहाँका स्थानीयको आर्यआर्जनमा समेत टेवा पुगेको रावलले बताए । हिमाली गाउँपालिका सदरमुकाम मार्तडीदेखि झण्डै ६५ किलोमिटरको दुरीमा पर्छ । यहाँका वडापालिका यो भन्दा अझै ३५ देखि ५० किलोमिटर टाढा छन् ।

पहिला यहाँका स्थानीयलाई वडापालिका आउन समेत चार पाँच घण्टा र पालिकामा आउन जान एक एक दिनको बाटो हिँड्नु पर्थ्यो । अहिले गाउँपालिकाले यहाँका सबै पालिका सडक सञ्जालले जोडिएसँगै यहाँका स्थानीयलाई वडा तथा पालिकामा आउन गाडीमा दुइ चार घण्टाको समय लाग्ने गरेको छ । हिमाली गाउँपालिकाले यहाँका दुई तीन वडा बाहेक अन्य सबै वडा सडक सञ्जालको पहुँचमा राख्दै आएको छ । यहाँका अति दुर्गम गाउँ रुगिन विच्छ्या बाहेक अन्य सबै वडापालिकामा सडक पुगाएको छ । यो सडक सञ्जालले अहिले यहाँका स्थानीयलाई एक गाउँ देखि अर्को गाउँ सम्म आउजाउमा समेत निकै सहज भएको छ ।

यहाँ विभिन्न गाउँ बस्ती निकै टाढा रहेकोले यहाँ स्थानीयवासीको पहिलो समस्या भनेकै सडक थियो । यहाँका स्थानीयलाई एक गाउँ देखि अर्को गाउँ सम्म जान दुई चार दिन लाग्थ्यो । अहिले हामीले यहाँका स्थानीय एक गाउँदेखि अर्को बस्तीसम्म जान सहज हुने गरी ती सबै गाउँ बस्तीलाई सडक सञ्जालको पहुँचमा राखेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादर मल्लले बताए ।

उनले भने, “अहिले यहाँका अधिकाशं वडा सडक सञ्जालको पहुँचमा छन् । यहाँको वडा नं २ र ३ का केही गाउँ बस्तीमा अँझै सडक विस्तार भएको छैन् । ती गाउँ बस्तीमा अहिले पनि सडक खन्ने काम निरन्तर भइरहेको छ । ” सडक पुगेका गाउँ बस्तीमा अहिले निरन्तर गाडी चल्दै आएका छन् । जसका कारण अहिले यहाँका स्थानीयलाई दैनिक उपभोग्य सामाग्री ढुवानी गर्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार