धनगढी : ओलम्पिक डे को अवसर पारेर धनगढीमा प्रभातफेरी गरिएको छ । सुदूरपश्चिम प्रदेश उसु संघको आयोजनामा धनगढीको चाैराहदेखि रंगशालासम्म प्रभातफेरी आयोजना गरिएको हो ।
प्रभातफेरी समापन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव लोकबहादुर खडका (रवि) ले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने उदेश्य लिइ आफू सदैव खेल र खेलाडीका लागि अग्रसर रहने बताए । अधुरो रहेको धनगढी रंगशालाई आफ्नो कार्यकालमा पूर्णता दिने बताउँदै सदस्य सचिव खड्काले सुदूरपश्चिम प्रदेशलाई खेलमार्फत पहिचान बनाउने काममा सबैले सहयोग गर्नुपर्ने बताए ।
सुदुरपश्चिम उसु संघका अध्यक्ष राजिव गुप्ताको अध्यक्षता भएको ओलम्पिक डे को कार्यक्रमको संचालन उसु प्रशिक्षक रतन खातीले गरेका थिए । नेपालमा सन् २०११ देखि ओलम्पिक डे मनाउँदै आएको छ ।
प्रभातफेरी कार्यक्रमा बिभिन्न खेलका खेलाडी, प्रशिक्षक, लगायतको उपस्थिति रहेको थियो भने प्रहरी ब्याण्डले ब्याण्ड मार्फत प्रभातफेरीको शोभा बढाएको थियो ।
प्रतिक्रिया दिनुहोस्