दोस्रो संस्करणको एनपिएल, सुदूरपश्चिम रोयल्सद्वारा ६ खेलाडी रिटेन

बैतडी : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई रिटेन गरेको छ। साविक उपविजेता सुदूरपश्चिमले शनिबार रिटेन र रिलिज गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ।

टोलीले राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको छ। यस्तै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउदलाई पनि कायम राखको छ।

Seti Hospital

अन्य खेलाडीहरू अर्जुन कुमाल, नरेश बुढाथोकी, खडक बहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई भने रिलिज गरेको छ। पहिलो संस्करणको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्टस् सँग पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार