प्रधानमन्त्री भन्छन् : ‘कसै कसैलाई देशमा विकास भयो भन्ने पिर छ’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली जनताले विकास भइरहेको देखिरहेको दाबी गरेका छन्। शुक्रवार ग्वार्को ओभर पासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

‘आम नेपाली जनताले देखिरहनुभएको छ, देशको विकास कसरी अगाडि बढिरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा केही केही मानिसहरूलाई देशमा विकास भयो भन्ने कुराको पनि पिर चिन्ता भएको छ। म कसैले पनि विकास भयो भन्ने कुरामा पिर चिन्ता नलिनका लागि आग्रह गर्न चाहन्छु।’ 

उनले सबै तहका सरकार विकास निर्माणमा केन्द्रित हुनुपर्ने पनि बताए। उनले भने, ‘देश विकास गर्नुपर्छ, देश विकास हुँदै छ, देश विकास गरिनेछ। हामीले गाउँ तह, नगर तह, प्रदेश र केन्द्रीय तहका सरकारहरू विकास निर्माणका काममा केन्द्रित हुनुपर्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार