बैतडीको ठेउला प्रभावित क्षेत्रमा पुग्यो विश्व स्वास्थ्य संगठनको टोली

बैतडी : बैतडीको ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोलीले स्थलगत निरीक्षण गरेको छ । सुर्नया गाउँपालिका– ८ को केही ठाउँमा ठेउला संक्रमण भएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर स्थलगत निरीक्षण गरेको हो ।

टोलीले बिहिबार संक्रमित व्यक्तिहरुको स्वाब संकलन गर्नुका साथै रगतको नमूना समेत संकलन गरेको शिखरपुर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर बोहराले बताए । ठेउला संक्रमित व्यक्तिमध्ये ९ जनाको घाँटीको स्वाब संकलन गरिएको छ भने ६ जनाको रगतको नमूना संकलन गरिएको उनले बताए ।

Seti Hospital

उक्त स्वाब र रगतको नमूना परीक्षणपछि ठेउला नै हो कि अन्य रोग पनि हो भन्ने कुरा पत्ता लाग्ने बोहराले बताए । उक्त क्षेत्रका बालबालिका तथा अन्य नागरिकहरु ठेउला संक्रमणबाट प्रभावित भएपछि केदार मावि कठमडा बन्द गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरु ठेउलाबाट प्रभावित भएपछि विद्यालय बन्द गरिएको हो ।

गएको १५ दिनयता सुर्नयाको वडा नं ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार