सुदूरपश्चिममा मध्यम वर्षा जारी रहने, सतर्क रहन आग्रह

धनगढी : सुदूरपश्चिमका विभिन्न जिल्लामा बिहीबार रातिदेखि वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिनसम्म मौसम यस्तै रहने अनुमान गरिएको छ ।

कञ्चनपुरको बेलौरी, पर्सिया, कृष्णपुर, दोधारा चाँदनी, भम्का र ज्यामिरखाली आसपासका क्षेत्रमा अहिले पानी परिरहेको छ । डडेल्धुराको गाइबाँदे र साहुखर्क क्षेत्रमा पनि वर्षा भइरहेको छ।

Seti Hospital

डोटीको गैरा, दिपायल र झिंग्रनातिर पानी परिरहेको जनाइएको छ। बैतडीको सिद्धपुर आसपास, बझाङको थलाला क्षेत्र र अन्य केही स्थानमा पनि वर्षा भइरहेको छ ।

अछामको जिल्ला सदरमुकाम मंगलसेन वरपर र अधिकांश ठाउँमा पानी परिरहेको छ। बाजुराका पनि केही स्थानमा वर्षा भइरहेको छ । कैलाली जिल्लाको अधिकांश क्षेत्रमा सिमसिम पानी परिरहेको छ।

मौसमविद्का अनुसार पश्चिमी वायु प्रणालीको प्रभावका कारण सुदूरपश्चिममा पानी परिरहेको हो । आगामी केही दिनसम्म हल्कादेखि मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ । मौसमविद्हरूले नदी किनार र पहाडी क्षेत्र नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार