कैलालीको गोदावरी नगरपालिकाले नियुक्त गरेका नगर शिक्षकको तलब बढ्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले नियुक्त गरेका नगर शिक्षकको तलब बढ्ने भएको छ ।
शुक्रबार गोदावरी नगरपालिकाको १५ औं नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले आगामी आर्थिक वर्षमा नगर शिक्षकको तलब बढ्ने बताए ।

उनले भने ‘नगर शिक्षकहरुको मनोबल बढाई शैक्षिक गुणस्तरमा सुधारका लागि मासिक तलबमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा क्रमशः रु २०००, रु. ३००० र रु ४००० थप गरिनेछ । शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरुलाई समेत कल्याणकारी कोषमा आवद्ध गरिनेछ ।’उनले गोदावरी नगरपालिकाका सामुदायिक विद्यालयहरुमा कार्यरत नगर शिक्षकहरुका लागि पोशाकको व्यवस्थापन गरिने बताए ।

Seti Hospital

साथै सामुदायिक विद्यालयका प्र.अ.हरुका लागि प्रोत्साहन स्वरुप प्राथमिक, नि.मा.वि. र मा.वि. तहमा मासिक रुपमा क्रमशः रु. ४००, रु. ५०० र रु. ७०० प्र.अ. भत्ता थप गरिने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार