राजावादी आन्दोलनकी घाइते रेबिकाले दिइन् सहयोगी राखेर परीक्षा

काठमाडौं : राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् ।

बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।

Seti Hospital

सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।

१५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको थियो । त्यसयता उनी अस्पतालमा उपचारमा थिइन् ।

दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भए पनि घरबाट परीक्षा दिन नपाउने भएपछि उनी पुनः अस्पताल आएकी थिइन् । उनले आज बिहान ९ बजेदेखि सुरु भएको परीक्षा अस्पतालबाट दिएको एसपी बोहराले जानकारी दिए ।

परीक्षा दिन आफू तयार रहेको भन्दै रेबिकाले प्रहरीलाई बताएकी थिइन् । त्यसपछि त्रिवि र सीडीओ कार्यालयको छलफलपछि सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।

बीबीएस तेस्रो वर्षको परीक्षा आजबाट सुरु भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार