शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ३ हजार बढी पर्यटक प्रवेश

कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा यस वर्ष साढे ३ हजार बढी पर्यटक प्रवेश गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार जेठसम्म अधिकांश आन्तरिक र थोरै विदेशी पर्यटक घुम्नका लागि भित्र प्रवेश गरेका हुन् । निकुञ्ज कार्यालयका अनुसार ३ हजार २ सय ८४ आन्तरिक, १ सय ७६ सार्क राष्ट्रका र १ सय ५१ अन्य विदेशी मुलुकका गरी ३ हजार ६ सय ११ पर्यटक यहाँ घुमेका छन् । जुन गत आर्थिक वर्षको तुलनामा कम हो । गत आर्थिक वर्षमा नेपाली ३ हजार ७ सय ६२, सार्क राष्ट्रका १ सय ३२ र अन्य विदेशी नागरिक १ सय ११ गरी ४ हजार ५ ले निकुञ्ज घुमेका थिए । प्रचारप्रसारसँगै भौतिक पूर्वाधार अभावका कारण यहाँ पर्यटकको संख्या निकै कम हुने गरेको छ । कोरोना संक्रमणपछि पर्यटकको संख्या बढ्न थाले पनि फेरि स्थिर हुन थालेको छ ।

‘विदेशीको संख्या थोरै मात्रामा बढेको छ, तर आन्तरिक पर्यटक घटेका छन्,’ निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले भने, ‘समग्रमा हेर्दा गत वर्षभन्दा पर्यटकको संख्या कम देखिन्छ ।’ बर्खा लागेपछि पर्यटकका लागि निकुञ्ज प्रवेश बन्द हुन्छ । बाटोघाटोको समस्या हुने भएकाले सफारीका साधन भित्र लैजान गाह्रो हुने भएकाले बन्द गरिँदै आएको छ । निकुञ्जका बारेमा प्रचारप्रसार नहुनु र भौतिक पूर्वाधारको अभावका कारण पनि पर्यटक भित्र्याउन नसकिएको संरक्षण अधिकृत वाग्ले बताउँछन् । ‘निकुञ्ज आसपासमा स्तरीय होटल छैनन्, होटल खुलेमा पर्यटक पनि आकर्षित हुन्छन्,’ वाग्लेले भने, ‘निजी क्षेत्रले पनि यसतर्फ ध्यान दिनुपर्छ, पर्यटकीय गतिविधि बढाउनुपर्छ ।’

Seti Hospital

सीमा क्षेत्रमा हुने झञ्झटदेखि सडक सञ्जालको अस्तव्यस्ततालगायत कारण पर्यटकहरू बढ्न नसकेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन् । उनका अनुसार विगतका वर्षमा पूर्वी क्षेत्रबाट ठूलो संख्यामा पर्यटक आउने गरेका थिए । तर सडक सञ्जालको समस्या, जहाँ घण्टौँ जाममा परिने डरलगायत कारण उक्त क्षेत्रका पर्यटक निकै कम आएका छन् । ‘प्रचारप्रसार पनि राम्ररी हुन सकेन, निकुञ्जले पनि सूचना डेस्कसम्म राख्न सकेको छैन,’ भण्डारीले भने, ‘एकरदुई जना मात्रै घुम्न आउँदा निकै महँगो हुन्छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा निकुञ्जले सोच्नुपर्छ ।’

पछिल्लो समयमा निकुञ्जको प्रचारप्रसारका लागि शुक्लाफाँटा पर्यटन महोत्सव पनि नियमित रूपमा सञ्चालन हुँदै आएको छ । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई २०७२ फागुन ९ गते निकुञ्जमा स्तरोन्नति गरिएको थियो । फागुन ९ देखि नै भीमदत्त नगरपालिकाले हरेक वर्ष महोत्सव सञ्चालन गर्दै आएको छ । शुक्लाफाँटामा बाघ, हात्ती, गैँडा र ठूलो झुन्डमा बाह्रसिंगा देख्न पाइन्छ । यसबाहेक विशाल घाँसे मैदान, रानीताललगायत अन्य ताल, कृष्णसार पनि यहाँका आकर्षण हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार