काठमाडौं : सुन-चाँदीको मूल्यमा आज गिरावट आएको छ। विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको हो । बिहीबारको तुलामा सुन र चाँदी आज क्रमशः ८०० र ५० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल १ लाख ९४ हजार ७०० कायम भएको छ। यसैगरी एक तोला चाँदीको मूल्य २ हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ९५ हजार ५०० र चाँदी २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दनुहोस्