कैलालीमा एक सुत्केरी महिला मृत फेला, १६ दिनको नवजात शिशु शकुशल

धनगढी : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको गौरीगंगा नगरपालिका–७ को कैलाशपुरमा शुुक्रबार बिहान सोही ठाउँ बस्ने १९ वर्षीय तुलसी नाथ घर नजिकै फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले नाथ मृत भेटिएको बताउँदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। उनकाअनुसार अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको टोली घटनास्थल पुगेको छ।

Seti Hospital

घटनास्थल पुगेका इप्रका मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी अवस्थाकी भएको खुुलेको बताए। उनी घरको मूल गेट अगाडिको नालामा मृत भेटिएकोले अहिले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाइएको जनाइएको छ। उनकाअनुसार मृतक नाथको १६ दिनको नवजात शिशु(छोरा) भने समान्य अवस्थामै भेटिएका छन। मृत्युु कसरी भएको हो भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार