काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २४.७६ अंकले घटेर २६२८.९१ विन्दुमा अडिएको छ।
नेप्से उच्च अंकले घटेपनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको छ। बुधबार ९ अर्ब माथिको सेयर कारोबार भएकोमा आज ११ अर्ब बढी मूल्यको सेयर कारोबार भएको छ।
यसदिन ३१४ स्क्रिप्सको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाख ८९ हजार ९६४ रुपैयाँमा खरिदबिक्री भए। पञ्चकन्या माइ हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्दा मध्य भोटेकोशी जलविद्युतको सेयर ५.५५ प्रतिशतले बढ्यो।
यसदिन तीन कम्पनीको सेयर १० प्रतिशतले घट्यो। पियोर इनर्जी,रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर १० प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ८५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। बुटवल पावरले ५८ करोडको सेयर कारोबार गर्दा बढ्दा सिंगटी हाइड्रो इनर्जीको ४७ करोड,सानिमा माइ हाइड्रोपावरको ४२ करोड र राधी विद्युतको ३५ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ४८ स्टक्सको मूल्य बढ्दा २०१ वटाको घट्यो। यसदिन सबै समूहको उपसूचक राताम्मे देखिएका छन्। ट्रेडिङ समूहको उपसूचक सर्वाधिक २.४७ प्रतिशतले घट्यो।
प्रतिक्रिया दनुहोस्