प्रदेश गाैरबका सडकमा हजार, कुलका मन्दिर बनाउन लाखाैं

धनगढी : सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रम समृद्धिको दिशाभन्दा पनि राजनीतिक सन्तुलन र कार्यकर्ता व्यवस्थापनमा केन्द्रित रहेको प्रस्ट देखिन्छ ।

प्रदेश सरकारको वार्षिक कार्यक्रम पुस्तिकामा प्रदेश गाैरबका सडक, पूल, सिँचाइलगायतका ठुल्ठूला योजनामा एक हजारदेखि ६ हजार रुपैयाँसम्म बजेट विनियोजन गरिएको छभने अर्थ न पर्थका बिभिन्न स्थानमा कुलदेवताका मन्दिरका लागि लाखाैं रुपैयाँ छुट्टाएकाे छ ।

Seti Hospital

कञ्चनपुरमा प्रदेश गौरवको दोमिल्ला–नाईल सडकको कलुवापुर–चितौरा खण्डका लागि एक हजार रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, कैलालीको बर्दगोरिया गाउँपालिका–६, स्थित रानीवन–धैलानालामा डिपिआरसहित पक्की पुल निर्माण, लम्कीचुहा नगरपालिकाको सुतैयादेखि तिघरी जोड्ने नालामा पुल निर्माण तथा बैतडीको डिलासैनी गाउँपालिका–६, मा सिँचाइ लिफ्टिङ ट्यांकी निर्माणको योजनामा एक/एक हजार रुपैयाँ विनियोजन गरिएको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, स्थित मटेला सिँचाइ योजना, अछामको मिर्केगडा सिँचाइ योजनामा एक/एक हजार बजेट छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३, ४ र ८ मा सडक कालोपत्रेका योजनामा तीन/तीन हजार विनियोजन गरिएको छ ।

तर पर्यटन प्रबर्दन भन्दै विभिन्न जातजाती धर्माबल्मीका कुलमन्दिर, विधालयमा सरस्वती मन्दिर नाममा लाखाैंका हिसावले बजेट विनियाेजन गरिएकाे छ । यस्ता मन्दिर दुईसय पचास बढी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

75%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार