इरानले गर्‍यो इजरायली अस्पतालमा आक्रमण

काठमाडौं : इरानले इजरायली अस्पतालमा आक्रमण गरेको छ। इरानले दक्षिण इजरायलको बेएर शेभास्थित सोरोका अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्।  

इजरायल र इरानबीचको आक्रमण सातौँ दिन पनि जारी छ। इजरायली सैन्य अधिकारीका अनुसार इरानले आज इजरायलतर्फ दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेको हो। जसले थुप्रै नागरिकलाई क्षति पुर्‍याएको छ। 

Seti Hospital

यसैबीच, इजरायलले इरानका सैन्य स्थलमा आक्रमण जारी राखेको छ। इजरायली रक्षा बलले हिजो तेहरानमा मात्रै २० भन्दा बढी सैन्य स्थानमा आक्रमण गरेको दाबी गरेको छ।

इरानी सञ्चार माध्यमका अनुसार इजरायलले खोंडाबस्थित गम्भीर जल अनुसन्धान रिएक्टर नजिकै आक्रमण गरेको छ। यो इरानको आणविक कार्यक्रमसँग सम्बन्धित क्षेत्र हो।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजना स्वीकृत गरिसकेको तर अन्तिम निर्णय अझै बाँकी रहेको खबर पनि सार्वजनिक भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार