पत्रकार दाहाल पाँच हजार धरौटीमा रिहा

काठमाडौं : राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रतिवादी बनाइएका पत्रकार प्रकाशचन्द्र दाहाल अदालतको आदेशबाट रिहा भएका छन् । बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुगेका दाहालको बयानपछि थुनछेक आदेश भएको हो । 

दाहालको बयान तथा सुनुवाइ न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थियो । दाहाल पाँच हजार धरौटीमा रिहा भएका हुन् । 

Seti Hospital

न्यायाधीशसमक्ष भएको बयानमा पत्रकार दाहालले आफू राजा ल्याउन वा अराजक गतिविधिमा सामेल हुन नभएर समाचार संप्रेषणका लागि त्यहाँ गएको उल्लेख गरेका छन् । 

पत्रकार दाहालले दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने गरी गाडी हाक्दा भित्रैबाट लाइभ गरेका थिए । त्यसबाहेक तीनकुनेका निजी घरसहित भाटभटेनी सुपरस्टोरका लुटपाट तथा जडिबुटी कम्पनीको आगजनीको भिडियो भने दाहालको अनलाइन तथा युटुवच्यानल नेपाल पुकारबाट सार्वजनिक भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार