बल्छी धुर्बेको ‘गोबर गणेश’मा जोडिए पदम, फागुन १ मा प्रदर्शन तय

काठमाडौं : निर्माण अघि नै मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले बनाउन लागेको फिल्म ‘गोबर गणेश’ चर्चामा छ । यो फिल्मको निर्माण र निर्देशनबाट बल्छी धुर्बेले फिल्म क्षेत्रमा करिअर अघि बढाउँदैछन् ।

यस्तोमा, यो फिल्ममा अहिलेका चर्चित कलाकार जोडिन थालेका छन् । ‘होस्टेल ३’बाट दर्शकको मन जितिरहेका पदम तामाङले ‘गोबर गणेश’ साइन गरेका छन् । केही दिनअघि मरिचमान र पदमबीच लिखित सम्झौता भएको छ ।

Seti Hospital

पदमसहित फिल्ममा माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे ‘पुकु’ अनुबन्धित भएका छन् । फिल्मको लिड हिरोइन तय हुन बाँकी र खोजी भैरहेको बल्छी धुर्बेले बताए ।

उनका अनुसार फिल्ममा पुकु सहायक भूमिकामा देखिनेछिन् । लिड हिरोइनमा अहिले चलेकी अभिनेत्रीलाई लिने तयारी छ । भदौदेखि छायांकन सुरु हुने फिल्मको प्रदर्शन आगामी फागुन १ गतेलाई तय छ । यो फिल्मको वितरण मनोज राठी र उज्वल पौडेलको ब्यांकटेस इन्टरटेनमेन्टले गर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार