बैतडी : कैलाली बहुमुखी क्याम्पस, धनगढीका उप–प्राध्यापक डा.घनश्याम भट्टलाई सम्मान गरिएको छ । साविक निरौली गाविस–८ मा जन्मनुभएका डा. भट्टले गौरवमय सफलतालाई गाउँपालिका, वडा कार्यालय र स्थानीय बासिन्दाहरूले जिल्लाकै शैक्षिक, सामाजिक र प्राज्ञिक गरिमा बढाउने उपलब्धिका रूपमा लिएको भन्दै सम्मान गरेका हुन ।
उप–प्राध्यापक डा.घनश्याम भट्टलाई जोरायल गाउँपालिका–६, खसरे र गावरमा सोमबार एक कार्यक्रमका बीच सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष जमुना कुमारी बोहराले बताईन्।
उप–प्राध्यापक डा.घनश्याम भट्टले भारतको प्रतिष्ठित दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालयबाट “महिला उद्यमशीलताका समस्या र सम्भावनाहरू” शीर्षकमा विद्यावारिधि (P.H.D.) उपाधि हासिल गरेका हुन ।
गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले आफ्नो पालिका भित्र उपाधि हासिल हुनु अत्यन्तै गर्वको कुरा भएको र डा. भट्टजस्तो अध्ययनशील, जिम्मेवार र समाजप्रति समर्पित व्यक्तित्वले शैक्षिक क्षेत्रमा र्पुयाएको योगदान अत्यन्त प्रेरणादायी रहेको बताए ।
कार्यक्रममा सम्मानित डा भट्टले आफु जन्मेको ठाउँका लागीे शिक्षामा जुनसुकै प्रकारको लगानी गर्न सधैं तयार रहेको बताउनुभयो कार्यक्रममा वडा अध्यक्ष ,पालिकाका कर्मचारीहरू, स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, अभिभावक र युवाहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दनुहोस्