बैतडीको पाटनमा एकता समाज गठन

बैतडी : बैतडीको पाटन नगरपालिकामा “पाटन एकता समाज” गठन गरिएको छ । मङ्गलबार पाटन नगरपालिकाको सभाहलमा आयोजना गरिएको भेलाले पाटन एकता समाज गठन गरेको हो । पाटन एकता समाजको अध्यक्षमा किरन चन्द चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा धिरेन चन्द, उपाध्यक्षमा मुकेस कुमार ऐर, सचीवमा सन्तोष जोशी, कोषाध्यक्ष बिरेन्द्र भण्डारी, सहसचिवमा हरिचन्द्र केसी, उपसचिवमा दिपक बिष्ट र गणेश ओड चयन गरिएको सचीव जोशीले जानकारी दिनुभयो ।

Seti Hospital

मङ्गलबारको भेलाले तदर्थ समितिको रुपमा गठन गरेको र बिधान बनेपछि समितिले थप पूर्णता पाउने सचीव जोशीले जानकारी दिनुभयो । सदस्यमा प्रकाश कुमाल, प्रकाश बिष्ट, केपी भट्ट, हरिश बिक, हिमाल बिष्ट, बिरेन्द्र बिष्ट चयन भएका छन् । नगर प्रमुख गौरी सिंह रावलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन गरिएको हो ।

पाटनमा रहेका पाटन क्रीकेट क्लब र पाटन भ्याली क्रीकेट क्लबमा आवद्ध रहेका प्रमुख एवं प्रतिनिधिहरुको सहभागितामा यो पाटन एकता समाज गठन गरिएको छ। दुबै क्लबलाई एउटै बनाएर ससक्त कार्यक्रम गर्नुपर्ने आवाज उठेका बेला यो एकता समाज गठन गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार