कैलाली भन्सारको राजस्व सङ्कलन, लक्ष्य भेट्न चुनौती

कैलाली : कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा रु ७ अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको छ। यो रकम वार्षिक लक्ष्यको तुलनामा निकै कम देखिएको छ, जसले कार्यालयलाई लक्ष्य भेट्टाउन चुनौती थपेको छ।

कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार साउनदेखि जेठ मसान्तसम्मको यस अवधिमा भन्सार महसुलतर्फ रु २ अर्ब ८९ करोड ६३ लाख, मूल्य अभिवृद्धि करतर्फ रु २ अर्ब ९१ करोड ७५ लाख, अन्तःशुल्कतर्फ रु १९ करोड ५१ लाख र अन्यतर्फ रु १ अर्ब ८० करोड ३९ लाख राजस्व सङ्कलन भएको छ।

Seti Hospital

चालु आर्थिक वर्षका लागि भन्सार कार्यालयको कुल वार्षिक राजस्व सङ्कलन लक्ष्य रु ११ अर्ब १६ करोड २६ लाख तोकिएको थियो। ११ महिनामा सङ्कलन भएको यो राजस्व वार्षिक लक्ष्यको ६९.९९ प्रतिशत मात्र हो।

महिनागत रूपमा हेर्दा, साउनमा रु ५७ करोड ५० लाख, भदौमा रु ५३ करोड ८४ लाख, असोजमा रु ६७ करोड २४ लाख, कात्तिकमा रु ६२ करोड ७८ लाख, मङ्सिरमा रु ८१ करोड १३ लाख र पुसमा रु ६५ करोड ८७ लाख राजस्व सङ्कलन भएको थियो। त्यसैगरी, माघमा रु ७३ करोड २ लाख, फागुनमा रु ७२ करोड ७६ लाख, चैतमा रु ७८ करोड ८० लाख, वैशाखमा रु ८१ करोड ८० लाख र जेठमा रु ८७ करोड १३ लाख राजस्व सङ्कलन भएको छ।

सूचना अधिकारी अर्यालले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायतका वस्तुको आयातमा कमी आउनु नै राजस्व लक्ष्यमा पुग्न नसक्नुको मुख्य कारण रहेको बताए। यस्तै अन्य विविध कारणले पनि राजस्व सङ्कलनमा असर परेको उनको भनाइ छ।

गत आर्थिक वर्षमा पनि कैलाली भन्सार कार्यालयले राजस्व सङ्कलनको वार्षिक लक्ष्य भेट्टाउन सकेको थिएन। गत आवमा रु ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ७ अर्ब ९१ करोड ८० लाखमात्र सङ्कलन भएको थियो। यस वर्ष पनि लक्ष्यमा पुग्न ठूलो चुनौती देखिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार