काठमाडौं : रास्वपा सांसद साेबिता गौतमले मानव तस्करीविरुद्ध आवाज उठाउँदा संसदबाट निष्कासन गरे स्वीकार गर्ने बताएकी छन् ।
तर, सत्ताको संरक्षणमा नेपाली बेचिएको विषयमा निष्पक्ष उच्चस्तरीय छानबिन समितिको माग पूरा नभएसम्म निरन्तर संसदमा आन्दोलन गरिरहने उनकाे भनाइ छ ।
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले मंगलबार प्रतिनिधिसभा बैठकमा निलाे रिबन पहिरेर रचनात्मक विराेध गरेकाे रास्वपा सांसदलाई प्रतिनिधिसभा नियमावली बमाेजिम चेतावनी दिएर निष्कासन गर्न माग गरेका थिए ।
यसकाे जवाफमा सांसद गौतमले प्रतिक्रिया दिएकी हुन् ।
`विरोधका आयाम अनेकौं हुन्छन्, रास्वपा शान्त र सभ्य विरोधमा उभिन्छ,´ उनले भने, `आज मानव तस्करीविरुद्धको ऐक्यबद्धता स्वरूप निलो सल लगाएर आएको, नियमापत्ति भएछ। हुन्छ, संसदबाट निकालियोस्।´
तर, नयाँ पुस्ता रचनात्मक आन्दोलन गरिरहने उनकाे भनाइ छ । `नयाँ पुस्तालाई सांसद कुट्न आउँदैन। (कांग्रेस विरोधमा हुँदा प्र.म. केपी शर्मा ओलीलाई कुट्न आएकै घटना आर्काइभमा कैद छ) । कुर्सी भाँच्न आउँदैन। माइक फोड्न आउँदैन,´ उनले भनेकी छिन् ।
प्रतिक्रिया दनुहोस्