काठमाडौं : रूसले युक्रेनको राजधानी कियभमाथि आक्रमण गर्दा १५ जनाको मृत्यु भएको छ । आक्रमणमा परी दर्जनौँ मानिसहरू घाइते भएका छन् ।
युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोले रूसका तर्फबाट ४४० ड्रोन र ३२ मिसाइल प्रहर गरिएको बताएका छन् । रूसको रक्षा मन्त्रालयले रूसी एयर डिफेन्स युनिटले रातभर १४७ युक्रेनी ड्रोन नष्ट गरेको बताएको छ ।
कियभमा नौ घण्टाभन्दा बढी समयसम्म आक्रमण भएको थियो । जसका कारण युक्रेनी नागरिक रातीदेखि बिहानसम्म अन्डर ग्राउन्ड सेल्टर’ मा लुक्नु परेको बीबीसीले प्रकाशित गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्