टी २० फम्यार्टमा १२ वर्षपछि आज नेपाल र स्कटल्यान्डबिच खेल हुँदै

काठमाडौं : स्कटल्यान्डमा जारी त्रि देशीय टी २० अन्तर्राष्ट्रिय श्रृंखलामा नेपालले आज घरेलु टिम स्कटल्यान्डसँग खेल्दैछ।  नेपालले ग्लासगोमा नेपाली समयअनुसार पौने ८ बजे खेल्नेछ। 

नेपालले २०१३ पश्चात पहिलो पटक स्कटल्यान्डसँग टी २० फम्यार्टमा खेल्दैछ। १२ वर्ष अगाडि टी २० मा नेपाल स्कटल्यान्डसँग ८ विकेटले पराजित भएको थियो। त्यसबेला नेपालसँग अन्तर्राष्ट्रिय मान्यता रहेको थिएन। 

नेपाल अन्तर्राष्ट्रिय मान्यता पाएपछि स्कटल्याण्डसँग भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो। श्रृंखलाको पहिलो खेलमा सोमबार नेपालले तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो। 

स्कटल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपाल आफ्नो पहिलो जित निकाल्ने दाउमा हुनेछ। 
हालसम्म ३ टोली सहभागी यस श्रृंखलामा नेपाल पुछारमा रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार