धनगढीको उल्का गारमेन्टमा रातको समयमा चोरी

धनगढी : धनगढी उपमहानगरपालिका–३ स्थित उल्का गारमेन्ट उद्योगमा असार १ गते रातिको समयमा चोरी भएको छ।

उद्योग सञ्चालकका अनुसार चोरीमा करिब ८ लाख ८६ हजार  ९ सय रुपैयाँ बराबरको सामान हराएको जानकारी दिइएको छ। उद्योगले प्रहरीलाई दिएको लिखित उजुरीअनुसार चोरले रातको समयमा ताल्चा फोडी उद्योगभित्र पसेर तयारी वस्त्रदेखि ल्यापटपसम्मको सामग्री लिएर गएका छन्। घटनाको अनुसन्धानका लागि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बताइएको छ।

घटनामा २८० थान जिन्स पाइन्ट, ७० थान कटराइज पलाजु, आठ थान ट्रेक सुट, ८० थान पलाजु, एक थन ल्यापटप, एक थान क्यामरा डिभाइस, ९० थान टि सर्ट, २० थान विनचिटर चोरी भएको उद्योग सञ्चालक सुरेन्द्र सिंह भण्डारीले बताए। उद्योग सञ्चालक भण्डारीले सुरक्षाकर्मीलाई तत्कालै खबर गरिएको र अनुसन्धानमा सहयोग गर्न आवश्यक कागजातहरुसमेत बुझाइएको बताएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार