काठमाडौं : गायिका समिक्षा अधिकारी अहिले आफ्नो प्रस्तुतिका कारण देश–विदेश पुगिरहेकी हुन्छिन् । ‘बोक्सीको घर’ फिल्मको ‘बुझिन मैले…’ को लोकप्रियतासंगै सांगीतिक क्षेत्रमा कमब्याक गरेकी गायिका हुन् अधिकारी ।
अझ, दुर्गेश थापाको लोकप्रिय गीत ‘मेरो दुष्मन छ धेरै’ मा महिला स्वर दिएपछि उनलाई अहिले आफ्नो प्रस्तुति दिन भ्याइ–नभ्याइ छ । हुन त उनका अन्य थुप्रै गीतहरु लोकप्रिय छन्, त्यसैले कन्सर्टमा उनी प्रायः हाइ डिमाण्डमा पर्छिन् ।
यसैबीच, अहिले यी गायिका सांगीतिक प्रस्तुतिका लागि दुबई पुगेकी छिन् । दुबई पुगेर आफ्ना केही तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छिन् । एउटै परिहनमा चार फरक पोजमा तस्विरहरु पोस्ट गर्दै उनले लेखेकी छिन्– ‘आफूमा विश्वास गर, संसार जित्ने हिम्मत आउँछ ।’
उनले सञ्जालमा आफ्ना सुन्दर तस्विरहरु शेयर गर्दै ती तस्विरहरु शेयर गरेर आफू खुशी भएको जानकारी दिएलगत्तै केही आलोचकहरुको भने मुटु नै पोलेको छ । उनीहरुले पुरानै कुरा झिक्दै पुनः उनलाई कटाक्ष गर्न भ्याएका छन् ।
तस्विरहरुमा आएका धेरै लाइक तथा कमेन्टको बीचमा ती व्यक्तिले ‘१० लाख’ भनेर कमेन्ट गरेका छन् । ती व्यक्तिको कमेन्टको जवाफमा गायिका अधिकारी ती व्यक्तिलाई प्रतिप्रश्न गरेकी छिन्– ‘तिम्री आमा कि तिम्रा दिदी– बहिनी हो र ?’
समिक्षाले दिएको उक्त जवाफमा धेरैले रियाक्शन गरेका छन् । यसअघि पनि समिक्षालाई स्टेजमा प्रस्तुति दिने क्रममा पनि दश लाख भनेपछि उनले स्टेजबाट यहि जवाफ दिएकी थिइन् ।
यसरी, एउटी प्रतिभाशाली गायिकालाई बारम्बार यसरी १० लाख भन्नेहरुका लागि समिक्षाले पनि दह्रो जवाफ तयार पारेकी छिन्, जसलाई उनी टिट फर ट्याट भने झै जहाँ १० लाख भनिन्छ, उनी ठाउँको ठाउँ जवाफ दिन्छिन्– ‘तिम्री आमा की दिदी–बहिनी ?’ हुन त गायिका अधिकारीले यो प्रयोग आफूलाई कटाक्ष नगरियोस् भन्नका लागि गरेकी हुन्, तर बुझ्नेले बुझे पो ।
प्रतिक्रिया दनुहोस्