सुदूरपश्चिम सरकारले ल्यायो ३३ अर्व, ४७ करोडको बजेट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट ल्याएको छ ।

शनिबार आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा चालूतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत), पूँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत), अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ ३ अर्व ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थापन तर्फ १ करोड विनियोजन गरेको जानकारी दिएका हुन ।

Seti Hospital

प्रदेश सरकारले अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ६५ करोड, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ८७ करोड २५ लाख, संघीय रोयल्टी बाँडफाँट भै प्राप्त हुने ८ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ८ अर्व ९२ करोड ३६ लाख रहेको छ ।

चालू आर्थिक वर्षको विनियोजनबाट बचत हुने अनुमानित रकम ७ अर्व ६६ करोड ६३ लाख ४८ हजार, ससर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब १६ करोड ३० लाख, संघीय समपूरक अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ६० करोड २६ लाख र विशेष अनुदानबाट प्राप्त हुने अनुमान गरिएको ५१ करोड ६० लाख प्राप्त हुने अनुमान गरेको अर्थमन्त्री थापाले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार