कर्णाली प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार

वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यो बजेट करिब ५ प्रतिशतले वृद्धि भएको हो।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले बजेट कर्णाली प्रदेशसभामा मध्यराति प्रस्तुत गरेका हुन्। दलहरूबीच अन्तिम घडीसम्म पनि सहमति जुट्न नसक्दा बजेट असार १ गते मध्य राति मात्र सार्वजनिक गरिएको हो।

Seti Hospital

बजेट विनियोजन विवरण अनुसार पुँजीगत खर्चतर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रहेको छ भने चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ रहेको छ । कानुन अनुसार असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यताले गर्दा दलहरूबीच सहमति नजुट्दा पनि अन्ततः मध्यराति बजेट ल्याउनुपरेको हो।

दिनभर दलहरूबीच चलिरहेको राजनीतिक खिचातानी र प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरूद्वारा बजेट बहिष्कारको चेतावनीका कारण बजेट प्रस्तुत हुने–नहुने विषयमा अन्योल देखिएको थियो। तर अन्ततः कानुनी बाध्यता पालना गर्न प्रदेश सरकारले समय सीमाभित्रै बजेट सार्वजनिक गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार