काठमाडौं : जापानले प्रशान्त महासागरबाट बिजुली निकाल्ने प्रविधि विकसित गरेर नवीकरणीय ऊर्जामा नयाँ फड्को मारेको छ । नारु जलसंयोजकमुनि शान्त रूपमा घुमिरहेको टाइडल इनर्जी टर्बाइनले १.१ मेगावाट बिजुली उत्पादन गरेको छ ।
एआर ११०० टर्बाइनले गोटो टापुसमूहको विद्युत् आवश्यकतालाई पूरा गरिरहेको छ । त्यसक्रममा कार्बन उत्सर्जन नहुने भएकाले यसबाट वातावरणीय स्वच्छता पनि कायम भएको छ ।
प्रोटियस मरिन रिन्युएबल्स कम्पनी नामक बेलायती कम्पनीले बनाएको महासागरमुनिको पावरहाउसले सागरका ज्वारभाटा (टाइडल करेन्ट्स) लाई ब्लेड पिच र याव कन्ट्रोल प्रविधि उपयोग गरी हावा र घामको माध्यमले स्वच्छ र अटुट बिजुली उत्पादन गरिदिन्छ ।
वायु वा सौर्य ऊर्जाको तुलनामा समुद्री तरंगहरू अनुमानयोग्य हुन्छन् र यसबाट निरन्तर बिजुली निकाल्न सकिन्छ । यसलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा कोशेढुंगा मानिएको छ ।
समुद्रीमुनिको केबलमार्फत ग्रिडमा जोडिएर एआर ११०० ले गोटो टापुसमूहमा विद्युत् आपूर्ति गरिरहेको छ । यसबाट डिजेलप्रतिको निर्भरता घटेको छ र कार्बन उत्सर्जन कम भएको छ ।
यस साहसी कदममार्फत जापानले आफूलाई सामुद्रिक ऊर्जाको क्षेत्रमा अग्रणीका रूपमा उभ्याएको छ । संसारभरि समुद्र र महासागरबाट विद्युत् उत्पादन गरी उपभोग गर्नका लागि यसबाट प्रेरणा मिलेको छ ।
प्रतिक्रिया दनुहोस्