सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव खड्काको कैलालीमा भव्य स्वागत

धनगढी । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नव नियुक्त सदस्य सचिव लोकबहादुर खड्काको कैलालीमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा सम्पन्न स्वागत कार्यक्रममा खेलाडी तथा प्रशिक्षकहरूले फूलमाला, खादा र हर्षोल्लासका साथ खड्कालाई स्वागत गरे। खेलाडीहरूको अनुहारमा उत्साह र उमङ्ग झल्किएको सो कार्यक्रममा जिल्लाको खेलकुदप्रतिको प्रतिबद्धता पुनः पुष्टि भएको देखिएको छ।

SHIKHAR COOL TECH

कार्यक्रम जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा नवनियुक्त सदस्य सचिव खड्का स्वयं उपस्थित रहे। विशेष अतिथिको रूपमा सुदूरपश्चिम प्रदेश कराते महासंघका अध्यक्ष त्रैलोक्यनाथ पाण्डेको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद कार्यालय कैलालीका प्रमुख आश्रम केसीले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी प्रशिक्षक तथा खेलाडीहरूले प्रदेशस्तरको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै खेल क्षेत्रको विकासमा नयाँ सदस्य सचिवबाट ठूला अपेक्षा गरिएको बताएका छन्।

नव नियुक्त सदस्य सचिव खड्काले आफू खेलकुदको जरोमै पुगेको मान्छे भएकाले स्थानीय स्तरको भावना र समस्यालाई बुझेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले खेल क्षेत्रको आधारभूत पूर्वाधार विकास, पारदर्शिता र दक्षता अभिवृद्धिमा विशेष ध्यान दिने स्पष्ट संकेत पनि दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार