धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका कालु सुनार श्रीमतीको हत्यार गरेको अभियोगमा पक्राउ परेका छन्।
उनले घरायसी झै–झगडा हुँदा ४८ वर्षीय श्रीमती जुना देवी सुनारको हत्यार गरेको अभियोग छ। ५० वर्षीय कालु सुनारले शनिवार राति श्रीमतीको घाँटीमा च्यापेका थिए। उनकी श्रीमती जुनादेवी गम्भीर घाइते भएकी थिइन।
जुनादेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ। कालु सुनारलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट पक्राउ गरिएको हो।
प्रतिक्रिया दनुहोस्