धनगढी : कैलाली र कञ्चनपुरबाट लागू औषधसहित एकै दिन ५ जना पक्राउ परेका छन् । शनिबार कैलालीको धनगढी, जानकी गाउँपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालिका -३ बाट लागू औषध सहित गौरीगंगा नगरपालिका -४ का २६ को विजय नेपाली र गौरीगंगा नगरपालिका -२ का ३२ वर्षीय अभिषेक हमाल पक्राउ परेका छन् । उनीहरूको साथबाट ५२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यस्तै जानकी गाउँपालिका -७ मोतीनगर चोकबाट जोशीपुर गाउँपालिका- १ का २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका -७ का ३३ वर्षीय देशराम चौधरी पक्राउ गरेका छन् । उनीहरूलाई बिक्री वितरण गरिरहेको अवस्थामा १९० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच कञ्चनपुरको भीमदत्त नगरपालिका -३ तिलाचौर केदार टोलबाट ६० वर्षीय राम सिंह साउद पक्राउ परेका छन् । उनको घरमा खानतलासी गर्दा २ केजी १५५ ग्राम लागू औषध चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्