शुक्लाफाँटा नगरपालिकाका दलित समुदायका ७० बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका आर्थिक अवस्था कमजोर रहेका दलित समुदायका ७० बालबालिकालाई आज शैक्षिक सामग्री सहयोग गरिएको छ। चालु आर्थिक वर्षको नगरपालिकाको दलित लक्षित वर्गको मागमा आधारित कार्यक्रमअन्तर्गत राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरको आयोजना तथा नगरपालिकाको आर्थिक सहयोगमा अतिविपन्न परिवारका दलित समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको हो।

नगरपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका अतिविपन्न दलित परिवारका ७० जना बालबालिका जनही १५ कापी, एक झोला, एक जोर विद्यालय पोसाक, एक थान औजार बक्सलगायत सामग्री सहयोग गरिएको समाजका अध्यक्ष शिवि लुहारले बताए। नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयबाट तीनजना दरले बालबालिकाको छनोट गरी नाम पठाएका आधारमा शैक्षिक सामग्री वितरणको गरिएको उनले बताए।

Seti Hospital

एक कार्यक्रमका बीच नगरप्रमुख रणबहादुर महरा, उपप्रमुख कल्पनाकुमारी जोशी पन्त, दलित अधिकारकर्मी गोविन्द नेपाली, अनिता नेपाली, गणेश विक, समाजसेवी दीपक भट्टलगायतले बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका थिए। त्यसक्रममा नगरप्रमुख महराले शिक्षा पाउनबाट कोही पनि वञ्चित हुुनुहँदैन भनेर नगरपालिकाको बजेटको ठूलो हिस्सा शिक्षा क्षेत्रमा खर्चिएको बताए। उनले शिक्षाको गुणस्तर सुधारका लागि विषयगत, कक्षागत शिक्षक व्यवस्थापनसँगै सामुदायिक विद्यालयमा स्थायी दरबन्दीका प्रधानाध्यापकको व्यवस्था गरिएको र एक वर्ष नपुग्दै विगतको तुलनामा कक्षा ८ को बोर्ड परीक्षाको नतिजा सन्तोषजनक आएको बताए।

नगर उपप्रमुख कल्पनाकुमारी जोशी पन्तले दलित समुदायका बालबालिकाको शिक्षामा पहुँच बढाउन सबैले सहयोग गर्नुपर्ने बताए। ‘विद्यालय भर्ना भए पनि बीचमै छाड्नेमा दलित समुदायका बालबालिका धेरै छन’, उनले भने, ‘वर्षभरि विद्यालयमा टिकाइ राख्नका लागि शैक्षिक सामग्री, पोसाक वितरण, दिवा खाजालगायत कार्यक्रमले सघाउ पुग्छ, त्यसलाई प्रभावकारी बनाइनुपर्छ।’ दलित अधिकारकर्मी गोविन्द नेपालीले सानो सहयोगले ठूलो अर्थ राख्ने भएकाले शैक्षिक सामग्री वितरणलगायत कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार