सुदुरपश्चिम प्रदेश सरकारले सार्यो बजेट प्रस्तुत गर्ने समय

धनगढी: सुदुरपश्चिम प्रदेश सरकारले असार १ गते अर्थात आज बजेट ल्याउँदै छ । बजेट प्रस्तुतका लागी आज साँझ ५ बजेको समय दिइएको थियो । तर बैठक २ घण्टा पछि सारिएको प्रदेशसभाबाट सुचना जारी भयो । प्रदेशसभा सचिवालयका युवराज जैशीका अनुसार सरकारबाट अनुरोध भएपछि बैठक २ घण्टा सारिएको बताए । अब आजै साँझ ७ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री बहादुर सिहं थापाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने छन् ।

बजेटको तयारी नपुगेकाले समय सारिएको श्रोतको दावी छ । तर एकजना मन्त्रीले भने रातभरी बजेट बनाउने काममा रहेकाले आज मन्त्रीहरु निदाएको बताए । स्टेटसेभेन सगं कुरा गर्दै एक मन्त्रीले भने “हिजो रातभरी बजेटलाई अन्तिम रुप दिनमा थियौँ, त्यही भएर अहिले सुतेका छौँ, म पनि सुतेको छु, अर्थमन्त्री ज्युपनि सुत्नुभाछ, बजेटको तयारीमा ढिलाई भएकै कारण बैठक सारिएको हो ।”

Seti Hospital

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷८२ कै आसपासमा हुनेगरि अगामी वर्षको बजेट ल्याउने तयारी गरेको छ । सरकारले यो वर्ष ३१ अर्ब ६२ करोड बराबरको बजेट ल्याएको थियो । आर्थिक मामिलामन्त्री थापाले शुक्रबार प्रदेश सभामा पेस गरेको आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ । चैत मसान्तसम्म १० अर्ब ९८ करोड ९ लाख बचत रहेको छ भने तीन अर्ब ८५ लाख ६६ हजार घाटा राजश्व रहेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार