रास्वपालाई राप्रपाले दिएन साथ, माग पूरा नभएपछि संसद् बैठकबाट बाहिरिए

काठमाडौं :भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि छानविन समितिको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका छन्। 

उनीहरूले भिजिट भिसा प्रकरण गम्भीर मानवतस्करीको घटना भएकाले छानविन गर्नुपर्ने माग राख्दै आएका छन् । रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएपनि सभामुख देवराज घिमिरेले कार्यसूचीलाई अघि बढाएका छन्।

Seti Hospital

कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले वेल घेराउ गरि नाराबाजी गरिरहेका छन् । विरोधकाबीच सभामुख घिमिरेले सदन अघि बढाएपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आपत्ति जनाका छन् । उनले संसद्मा आन्दोलन भइरहँदा यसरी संसद् चलाउनु उचित हुन्छ की हुँदैन भन्दै प्रश्न गरे।  भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गर्नका लागि सबैले साथ दिन उनले आग्रह गरे । सांसद शाहीले विरोधकाबीच संसद चलाउनु संसदीय अभ्यास नभइ दादागिरी भएको तर्क गरे।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि राप्रपाका सांसदहरू बाहिरिएका छन् भने रास्वपाका सांसदहरूले निरन्तर नाराबाजी गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार