काइट एजुकेसन हबको कैलालीमा मुख्य कार्यालय विस्तार, नायक पुष्प खड्काबाट उद्घाटन

भक्तराज जोशी

कैलाली — लामो समयदेखि काठमाडौंमा सञ्चालनमा रहेको काइट कन्सल्टेन्सीले अब आफ्नो मुख्य कार्यालय कैलालीको धनगढीमा काइट एजुकेसन हब स्थापना गरेको छ। उक्त संस्थाको भव्य उद्घाटन कार्यक्रम आईतबार धनगढीको मेनरोडस्थित मुख्यमन्त्री कार्यालयको ठीक अपोजिटमा सम्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि अभिनेता पुष्प खड्काले रिबन काट्दै कार्यालयको उद्घाटन गरेका थिए।

सुदूरपश्चिममै जन्मिएका हेमराज साउदले अबको यात्रालाई आफ्नो जन्मथलोबाट अघि बढाउने अठोटसहित यो निर्णय लिएको बताए। “म सुदूरपश्चिमको स्थानीय हुँ, यहीँ केही गर्नुपर्छ भन्ने सोचले तराईमै झरेको हुँ,” साउदले भने, “शिक्षा क्षेत्रमा नयाँ धार ल्याउने सोचका साथ हामी फरक तरिकाले मार्केटमा जानेछौं।”

Seti Hospital

नयाँ कार्यालयबाट जापानीज क्लास, कोरियन क्लास, पिटिई,आएल्स लगायतका विभिन्न अन्तर्राष्ट्रिय परीक्षा तयारी कक्षाहरु सञ्चालन गरिने जानकारी दिइएको छ। साउदले थपे, “यो कम्पिटिसन मार्केट हो, तर यहाँको भूमिकामा हामी फरक हुन चाहन्छौं र यो संस्थाले सफलता प्राप्त गर्नेमा पूर्ण विश्वास लिएको छु।”

उद्घाटन कार्यक्रममा शिक्षाक्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूसँगै विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।

धनगढीमा विस्तारसँगै काइट एजुकेसन हबले अब सुदूरपश्चिमका विद्यार्थीलाई पनि गुणस्तरीय शैक्षिक सेवा प्रदान गर्ने लक्ष्य राखेको छ भने नव आगन्तुक बिधार्थीलाई भाषा कक्षाहरुमा ५० देखी ७५ प्रतिशत सम्म छुट दिईने बताईएको छ साथै काइट एजुकेसन हबले युके ,अस्ट्रेलिया, क्यानडा, जापान र युरोपका विभिन्न देशहरूमा विद्यार्थी पठाउनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार