दाइजो प्रथा अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आह्वान

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कानुनले निषेध गरेको दाइजो प्रथालाई सामाजिक स्तरमै अन्त्य गर्नु आवश्यक रहेको बताएका छन ।
मियाँले ओल्मा काउन्सिल नेपाल, नवलपरासीद्वारा आयोजित तेस्रो जिल्ला अधिवेशन तथा दाइजो प्रथा उन्मूलन शुभारम्भ कार्यक्रममा बोल्दै नेपाली समाजमा दाइजो प्रथा विरुद्ध एकजुट भई आवाज उठाउन आवश्यक रहेको बताए ।
कार्यक्रमले मुस्लिम समुदायमा व्याप्त सामाजिक कुप्रथा विरुद्धको ऐक्यबद्धता जनाउँदै, दाइजो प्रथा औपचारिक रूपमा अन्त्य गरिएको ऐतिहासिक घोषणा गरिएको छ । धर्मगुरुहरू तथा कार्यक्रमका वक्ताहरूले इस्लाम र संविधानले दाइजो प्रथालाई अस्वीकार गरेको उल्लेख गर्दै दाइजो लिने वा दिने कार्यमा सहभागी विवाह नगराउने दृढ संकल्प व्यक्त गरेका छन् । कार्यक्रमको अध्यक्षता ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना जहीरले गरेका थिए । संविधानसभा सदस्य हाजी अलाउद्दीन अंसारी, नेपाल हज समितिका केन्द्रीय अध्यक्ष जबूल मियाँ, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली, ओल्मा काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष सैयद गुलाम हुसैन मजहरी तथा जिल्ला प्रहरी प्रमुख अनुपम श्रेष्ठ कार्यक्रमका विशिष्ट अतिथि थिए ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार