धनगढीमा ‘सिनेमा संवाद’ कार्यक्रम सम्पन्न

धनगढी: सुदूरपश्चिम प्रदेशमा पहिलो पटक ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएकोे छ । जेडी एसोसियट्सको आयोजना र चलचित्र पत्रकार संघ नेपाल सुदूरपश्चिमको सहकार्यमा धनगढीमा शनिबार ‘सिनेमा संवाद’ कार्यक्रम आयोजना गरिएको हो । डोटीको जोरायल गाँउपालिकाका अध्यक्ष एवम् सुदूपश्चिम गाँउपालिका संघका अध्यक्ष दुर्गादत्त ओझाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारको सहभागिता रहेको थियो ।

कार्यक्रममा अभिनेता पुष्प खड्का, अभिनेत्री उपासना सिंह ठकुरी, डेउडा गायक नरेन्द्रराज रेग्मीलगायत कलाकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, बजारका चुनौती तथा सिनेमा र समाजबीचको सम्बन्धबारे छलफल गरिएकोे छ । कार्यक्रमले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने, सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने तथा नेपाली सिनेमा र संस्कृति विस्तारमा भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार