धनगढी : कञ्चनपुरमा तीन जनामाथि धारिलो हतियार प्रहार गरिएको छ । पुनर्वासमा एक जनाले धारिलो हतियार प्रहार गरी तीन जना घाइते बनाएका हुन् । कञ्चनपुर प्रहरीले शुक्रवार राति पुनर्वास–६ मनकामना टोलमा राजु सुनारले तीन जनालाई धारिलो हतियार प्रयोग गरी घाइते बनाएका बताएको छ ।
राजुले मदिरा सेवन गरी सोही ठाउँका गोविन्द सुनारसँग विवाद गर्दै ईट्टा र चक्कु जस्ता धारिलो हतियार प्रयोग गरेका हुन् । उनले गोविन्द सुनारसहित तीन जनालाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले बताएको छ ।
घटना लगत्तै कुटपिटमा संलग्न राजु सुनार फरार भएका छन् ।
प्रतिक्रिया दनुहोस्