बजेटमा बिचौलियाको रजगज, पहाडका गाउँगाउँबाट धनगढी पुगे दलालहरु

भक्तराज जोशी

धनगढी । देशभर प्रदेश र स्थानीय तहमा बजेटको माहोल छ । आगामी आर्थिक वर्षका लागि बजेट बनाउने खेलो सुरु भएपछि बिचौलियाको अर्को रमाईलो सुरु भएको छ । त्यसैमाथि सुदूरपश्चिम प्रदेशमा बिचौलियाका लागि यो समय दशैँ तिहार भन्दा पनि ठूलो चाडजस्तै बनेको छ ।

अरुबेला वर्षभरी मन्त्रालयको आँगन नदेख्नेहरुको बासै अहिले धनगढीमा छ । चिसो लागेपछि सर्प दुलोमा पसेजस्तै गायब हुनेहरु अहिले बजेटको मुखमा जताततै सलबलाएका छन् ।

Seti Hospital

सांसद, हुन नसकेका सांसद, पार्टीका नेता, नेताका झोले, कार्यकर्ता, कार्यकर्ताका आसेपासे र आसेपासेका पनि नजिकका भनाउँदाहरु मन्त्रीका पियारा बन्दै अघिपछि दगुरिरहेका छन् । त्यसैमाथि व्यवसायी, ठेकेदार, उद्योगीका चाहना बजेटमा असिमित छन् । सबैले यसपालिको बजेट त मेरै लागि आए हुन्थ्यो भनेर ढुकेर बसेका छन् ।

अर्कोतर्फ बिचौलियाको रजगज भनिसाध्य छैन । कमिसनको हिसाब गरिसाध्य छैन । योजनामा हुने मोलमोलाईको संख्या झन् गनिसाध्य छैन । मन्त्रालयहरुमा अहिले पिएनलाई समेत बस्ने फुर्सद छैन । अरु बेला लुडो खेलेर दिन बिताउने कर्मचारीलाई अहिले शौचालय जानेसम्म फुर्सद छैन । मन्त्रीका त झनै कुरै नगरौँ । यतिसम्म की यसो कतै कुनै होटलमा गएर आज बसौँ न भन्ने हो भने धनगढीमा राजनीतिक नेता र बिचौलिया नभएको कुनै होटल भेटिँदैनन् ।

अनि यस्तो बिचौलियाको हालिमुहाली हुँदा जनताका लागि बजेट आउँछ भनेर हामी आम नागरिकले पत्याइदिनुपर्ने ? राज्यको बजेट हिजो पनि आम नागरिकका लागि आएन, भोलि पनि आउँछ भनेर पत्याउन गाह्रो छ । यदि आएछ भने त्यस दिनदेखि विकासको नयाँ अध्याय सुरु हुनेछ । बजेट निर्माण गर्ने निकायमा बस्नेहरुले बेलैमा बुद्धि पुर्याएको राम्रो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार