काठमाडौँ : सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे। थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए।
उनले भने, ‘गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ। प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ। किनभने हामीले केही प्रभावकारी कदमहरु चालेका छौँ। जसले ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन। यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्याउनेछौँ। उत्तिर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ।’
प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए।
प्रतिक्रिया दनुहोस्