कम्युनिस्टहरू कुरा धेरै लेनिनका काम स्टालिनका गर्छन् : सुदन किराती

भक्तराज जोशी

काठमाडौँ । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले नेपालका कम्युनिस्टहरू कुरा लेनिनको गर्ने तर काम स्टालिनको गर्ने गरेको बताएका छन् । आदिवासी जनजातिले शुक्रबार काठमाडौँमा गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । राजनीतिक दर्शन, विचारदेखि हरेक संस्कृति आयातित भएकाले हरेक दुःख र विपत्ति आएको किरातीले जिकिर गरे । 

‘कम्युनिस्टहरूकै कुरा गरौँ । रसियातिरबाट सवार हुन्छ । धेरै लेनिनका कुरा गर्छौ तर काम स्टालिनका गर्छौँ । हामी कम्युनिस्ट त्यस्तो छौँ’, उनले भने, ‘अर्को लोकतान्त्रिक भनेर आएको छ । त्यसमा मौलिकता छैन । अलिकति वीपीले अभ्यास गर्नुभएको थियो । उहाँको जीवनपछि बन्ध्याकरण भयो ।’

Seti Hospital

आदिवासी जनजातिको मूल्यको आधारमा विश्व नीति तय गरेको भए आज यति भयावह ढङ्गले जलवायु परिवर्तन नआउने किरातीको तर्क छ । 

‘राजनीतिक दर्शनदेखि विचारहरू आयातित छन् नेपालमा । केही पनि मौलिक छैन । मौलिक दर्शन र विकासका नीति हामीले बनाउन सकेका छैनौँ । दुःखको स्रोत पनि त्यही हो जस्तो लाग्छ’, उनले भने । 

नेपालको संस्कृतिको मार्गदर्शन भनेकै गीता भएकाले जसले जे जे भने पनि गीताबाट साभार लिने रेको किरातीले बताए । गीताले सामूहिक ज्ञानमाथि नभई एक जना मान्छेको ज्ञानमा ब्रह्माण्ड चल्ने विश्वास गर्ने गरेको उनको जिकिर छ । साथै किरातीले परम्परागत विचारलाई नै विस्थापन गर्नेगरी आदिवासी जनजातिले आवाज उठ्नुपर्नेमा जोड दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार