एअर इन्डिया विमान दुर्घटना : २ सय ४ जनाको ज्यान गएको पुष्टि

काठमाडौं : भारतको गुजरात राज्यको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एअर इन्डियाको विमान दुर्घटनामा २ सय ४ जनाको ज्यान गएको पुष्टि भएको छ । विमान दुर्घटनामा अहिलेसम्म २ सय ४ वटा शव प्राप्त भएको अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचार चलिरहेको पनि प्रहरीले जनाएको छ । भारतीय समय अनुसार दिउँसो १ बजेर ३८ मिनेटमा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर विमान उडेको केही समयमै दुर्घटनामा परेको हो ।

Seti Hospital

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु, २ चालक र १० क्याबिन क्रु सदस्य रहेका एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ । विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार