बैतडीको दोगडाकेदारमा चप्पल उत्पादन तालिम सञ्चालन

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकाले महिलाहरूका लागि चप्पल उत्पादन तालिम सञ्चालन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा दोगडाकेदार गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन भएको हो। आर्थिक समृद्धिको आधार,उद्यम मार्फत रोजगार भन्ने नाराका साथ तालिम सञ्चालन गरिएको छ।

तालिममा दोगडाकेदार वडा नम्बर ३ र ७ का १२ महिलाहरूको सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताईन्। उनले भनीन्,” महिलाहरूलाई सीप सिकाएर स्वरोजगार बनाउन तालिम सञ्चालन गरेका हौं। यस तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ।”

Seti Hospital

तालिमका लागि मेसिन र कच्चा पदार्थ खरिद गरिएको छ। साथै कैलालीबाट प्रशिक्षकसमेत बोलाइएको छ। तालिममा सहभागी महिलाहरूमा केही गर्नुपर्छ भन्ने भावना रहेको प्रशिक्षक संजिता रानामगरले बताईन्।

उनले भने,” महिलाहरू राम्रोसँग सिकिरहेका छन्। महिलाहरूमा केही गर्नुपर्छ भन्ने भावना छ। सीप सिकेपछि आत्मनिर्भर बन्न उनीहरूलाई उद्यमशिलता तालिमको पनि आवश्कता पर्छ।” चप्पल उत्पादन तालिमपश्चात स्वरोजगार बन्न मद्दत पुग्ने विश्वास रहेको सहभागी लक्ष्मी साउँदको छ।

उनले भने,” यो तालिमले हामीलाई आत्मनिर्भर बन्न सहयोग पुग्छ भन्ने विश्वास छ। तालिमपश्चात आफ्नै उद्योग सञ्चालन गर्छु।” बेरोजगार महिलाहरूलाई रोजगार दिन तालिम सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका उद्धम विकास शाखाका प्रमुख रामदत्त जोशीले बताए।

उनले भने,” बेरोजगार महिलालाई सीप सिकाएर उद्यमी बनाउने र आत्मनिर्भर बनाउने हाम्रो उद्येश्य हो।” बेरोजगारलाई सीप सिकाएर आत्मनिर्भर बनाउन चप्पल तालिमका साथै कपडा र साबुन उत्पादन तालिम समेत सञ्चालन भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार