कञ्चनपुरमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय युवकको मृत्यु

कञ्चनपुर : कञ्चनपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आज टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका ११ दीपनगरका ३० वर्षीय वीरेन्द्र थापा रहेका छन्। 

SHIKHAR COOL TECH

भित्री सडकबाट हाइवेतर्फ आइरहेको म १ क २३३ नम्बरको टिपरले मुख्य राजमार्गमा मधेस प्र ०३०३७ व २१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले जाँचपछि थापालाई मृत घोषित गरेका हुन्
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार