काठमाडौं : गर्मीको मौसम सुरु भएपछि लामखुट्टेले हैरान बनाउने गर्छ। यसले विशेष गरी साँझपख बालबालिका, वृद्धवृद्धा र काम गर्ने मानिसलाई बढी सताउँछ।
लामखुट्टे टोकाइबाट डेंगु, मलेरिया, चिकुनगुनिया, जापानीज इन्सेफालाइटिसजस्ता रोग सर्ने भएकाले अधिकांश मानिसले घरमा लामखुट्टे भगाउने धुप (मच्छर धुप), स्प्रे, क्वायल, इलेक्ट्रोनिक ब्याप, लिक्विड रिपेलन्ट प्रयोग गर्ने गरेका छन्।
तर स्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टे भगाउने यी सामग्रीले घरमा रहेका व्यक्तिहरूको श्वासप्रश्वास, छाला, आँखासँगै दीर्घकालीन रूपमा मस्तिष्क र फोक्सोमा समेत हानिकारक असर पार्न सक्छ।
लामखुट्टे भगाउने धुप वा क्वायल के हो ?
लामखुट्टे भगाउने धुप वा क्वायलमा pyrethroids भनिने रसायन प्रयोग गरिन्छ। यो रसायन लामखुट्टे मार्न प्रभावकारी भए पनि मानिसका लागि विषालु हुन्छ। यसको धुँवामा हुने benzene, formaldehyde, र particulate matter (PM2.5) जस्ता कणहरू लामो समयसम्म सास फेर्दा शरीरमा प्रवेश गर्छन्।
एक अध्ययन अनुसार, एकवटा क्वायल बाल्दा करिब १०० वटा चुरोट बराबरको धुवाँ निस्कन्छ।
यस्तो धुवाँले बन्द कोठामा बालबालिका, वृद्धवृद्धा र बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्छ।
स्वास्थ्यमा पर्ने मुख्य असरहरू
१. श्वासप्रश्वासमा असर
– लामखुट्टे भगाउने धुपको धुवाँले एलर्जी, खोकि, दम, ब्रङ्काइटिस, नाक बन्द हुने, घाँटी पोल्ने, सास फेर्न गाह्रो हुने समस्याहरू बढाउँछ।
– दम र अस्थमा भएका व्यक्तिमा आक्रमण झन् गहिरो हुन सक्छ।
२. छालामा जलन र एलर्जी
– धुप वा क्वायलको धुवाँले छालामा पोल्ने, चिलाउने, डाबर आउने वा रयाश जस्ता प्रतिक्रिया देखिन्छ।
– संवेदनशील छाला भएका मानिसमा यी लक्षण धेरै देखिन्छन्।
३. आँखाको असर
– आँखामा पोल्ने, रातोपन, अश्रु आउने, दृष्टि धमिलो हुने समस्या हुन सक्छ।
– लामो समयसम्म यस्तो धुवाँको सम्पर्कमा रहँदा दृष्टि कमजोर पनि हुन सक्छ।
४. मस्तिष्कमा असर
– लामो समय धुपको धुवाँमा बसेर सास फेर्दा थकान, चिडचिडाहट, ध्यान केन्द्रित गर्न गाह्रो हुने, टाउको दुख्ने र निद्रा नलाग्ने जस्ता समस्या देखिन्छ।
– गम्भीर अवस्थामा न्यूरोलोजिकल असर (मस्तिष्कसम्बन्धी क्षति) समेत देखिन सक्छ।
५. क्यान्सरको जोखिम
– धुप वा क्वायलबाट निस्किने formaldehyde जस्तो रसायन विश्व स्वास्थ्य संगठन (WHO) ले carcinogen (क्यान्सर गराउने तत्व) घोषणा गरिसकेको छ।
– लामो समयसम्म यसको सम्पर्कमा रहँदा लङ क्यान्सर, नाकको क्यान्सर वा मुँहको क्यान्सरसम्म हुने खतरा हुन्छ।
बालबालिका र गर्भवती महिलामा विशेष असर
– बच्चाको फोक्सो संवेदनशील हुने भएकाले उनीहरूमा चाँडै असर देखिन्छ – जस्तै: बारम्बार खोकी, निमोनिया, दम आदि।
– गर्भवती महिलामा श्वासप्रश्वास र मस्तिष्कमा असर परेमा भ्रूणको विकासमा गम्भीर असर पर्न सक्छ।
– यस्तो धुवाँबाट अपूर्ण जन्म, कम तौलमा बच्चा जन्मने र मानसिक विकासमा असर पर्ने सम्भावना हुन्छ।
बच्ने उपायहरू
प्राकृतिक उपाय अपनाउनुहोस्
– तुलसी, निंबुको पात, नीलगिरीको तेल, लसुन आदि प्रयोग गरेर घरमै प्राकृतिक रूपमा लामखुट्टे भगाउन सकिन्छ।
– सिट्रोनेला क्यान्डल वा अरोमा डिफ्युजर प्रयोग गर्दा पनि लाभदायी हुन्छ।
मच्छरदानी प्रयोग गर्नुहोस्
– सुत्दा झुल प्रयोग गर्नु सबैभन्दा सुरक्षित उपाय हो।
घर सफा राख्नुहोस्
– पानी जम्ने ठाउँहरू हटाउनुहोस्, ड्रम, फूलको भाडा, कूलर आदिमा पानी जम्मा हुन नदिनुहोस्।
– लामखुट्टे नफैलिने वातावरण बनाउनुहोस्।
हावा चल्ने व्यवस्था मिलाउनुहोस्
– धुप वा क्वायल बाल्नै परेमा, झ्यालढोका खोलेर हावाको निकास हुने व्यवस्था गर्नुहोस्।
प्रतिक्रिया दनुहोस्