काठमाडौं : अखितयार दुरुपयोग अनुसन्धान आयोगमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)विरुद्ध उजुरी परेको छ ।
युवराज सफलले बिहीबार मेयर शाहविरुद्ध महानगरपालिका कार्यलयमा जडान गरिएको ‘लिफ्ट’ मा अनियमितता भएको दाबी गर्दै अख्तियारमा उजुरी दायर गरेका हुन् ।
उजुरीमा केही महिना अघि महानगरमा प्रतिस्पर्धा, टेण्डर र कोटेसन बिना झण्डै एक करोड रुपैयाँ मूल्य बराबरको ‘लिफ्ट’ जडान गरेको दाबी सफलले गरेका छन् ।
‘काठमाडौं महानगरपालिकाले नयाँ लिफ्ट जडान गरेको प्रति म उजुरीकर्ताको विरोध हैन तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ९११० बोलपत्र सम्बन्धी व्यवस्था र सार्वजनिक खरिद नियमावली, २०६४ विपरित बिना प्रतिस्पर्धा बिना टेण्डर र बिना कोटेसन अपारदर्शी अनियमित तरिकाले जोडिएको प्रति मेरो आपत्ति हो,’ उनले उजुरीमा लेखेका छन् ।
‘लिफ्ट’ जडानसम्बन्धी टेन्डर बोलपत्रलगायतका आवश्यक कागजात निर्माण कम्पनीको विवरण, निर्माण स्वीकृत गर्दाका सम्पूर्ण फाइल, भुक्तानी विवरण, बिल–भौचरलगायतका कागजात झिकाएर महानगरमा भएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य छानबिन गरी आवश्यक कारबाहीका लागि उजुरी दिएको सफलले बताएका छन् ।
प्रतिक्रिया दनुहोस्