काठमाडौं : अभिनेता राजेश हमाल माथि पुस्तक देखिएको छ । उनको जन्म दिनको अवसर पारेर राजेशको जीवन, चलचित्र र जीवनका विविध आयाम समेटिएको पुस्तकको घोषणा गरिएको छ ।
यो पुस्तकको नाम ‘युगदेखि युगसम्म’ राखिएको छ । पत्रकार यज्ञशसँगको लेखनमा यो पुस्तक तयार गरिएको छ ।
लेखन र सम्पादन सकेर प्रकाशनको क्रममा रहेको यो पुस्तक भदौमा बजारमा आउने प्रकाशक संस्था फाइनप्रिन्टले जनाएको छ । यो पुस्तकको आवरणसमेत सार्वजनिक गरिएको छ । अभिनेता हमाल र पुस्तक प्रकाशक फाइन प्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रूपमा आवरण अनावरण गरेका छन् ।
पुस्तकमा हमालको ३५ वर्ष लामो चलचित्र करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको प्रकाशक पक्षले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्