अछामको जयगढ आगलागीपीडितलाई राहत दिन कार्यविधि पारित

धनगढी : अछामको जयगढ बजारका आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२ पारित गरिएको छ । बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा भएको आगलागीका पीडितलाई राहत उपलब्ध गराउनका लागि ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८२’ पारित गरिएको हो । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा पर्ने ऐतिहासिक जयगढ बजारमा गएको चैत २६ गते भएको आगलागीबाट प्रभावित पीडितलाई राहत उपलब्ध गराउन ‘आगलागी पीडितलाई नगद वितरण कार्यविधि २०८२’ पारित गरेर स्थानीय राजपत्रमा प्रकाशित गरिएको छ ।

कार्यविधि पारित भएसँगै जयगढ बजारका आगलागी पीडितलाई राहत पाउने बाटो खुलेको हो । गाउँपालिकाले ‘आगलागी पीडितलाई नगद राहत वितरण कार्यविधि २०८१’ पारित गर्दै पीडितलाई राहत दिने औपचारिक प्रक्रिया पनि सुरु गरेको छ ।

Seti Hospital

सो कार्यविधि अनुसार आगलागीबाट घर, पसल, गोठ, टहरा, कार्यालय तथा अन्य संरचनामा पूर्ण तथा आंशिक क्षति बेहोरेका व्यक्तिहरूलाई मापदण्ड अनुसार नगद राहत प्रदान गरिने गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले बताए । कार्यविधि पारित भएसँगै गाउँपालिकाले सो निर्णयलाई स्थानीय राजपत्रमार्फत सार्वजनिक गरेको छ ।

गाउँ कार्यपालिकाले बनाएको कार्यविधि अनुसार राहत उपलब्ध गराउन चार वटा श्रेणी बनाएको छ । कार्यविधिमा उल्लेख भए अनुसार घर, टहरासहितको व्यवसाय दुवै पूर्ण रूपमा जलेकोलाई अति उच्च, घर र व्यवसायमा आंशिक क्षति भएकोलाई उच्च, व्यवसायमा पूर्णरआंशिक क्षति, टहरासहित व्यवसाय जलेकोलाई मध्यम तथा पूर्ण रूपमा जलेका साना व्यवसाय, कार्यालय, टहरा, अस्थायी आवास र कच्ची घरमा क्षति भएकालाई न्यून श्रेणीमा राखेर राहत वितरण गरिने उल्लेख गरिएको छ ।

कार्यविधि अनुसार अति उच्च श्रेणीमा परेकालाई चार लाखदेखि पाँच लाख ५० हजार, उच्च श्रेणीमा परेकालाई तीन लाखदेखि चार लाख, मध्यमलाई एक लाख ५० हजारदेखि तीन लाख र न्यून श्रेणीमा परेकालाई १५ हजारदेखि एक लाख ५० हजार रुपियाँसम्म राहत उपलब्ध गराइने उल्लेख गरिएको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर रावलले पीडितले अब गाउँपालिकासँग सम्पर्क राखेर राहतका लागि आवश्यक प्रक्रिया अघि बढाउन सक्ने बताउनुभयो । गत चैत २६ गते भएको आगलागीबाट जयगढ बजारमा ठुलो मात्रामा भौतिक तथा आर्थिक क्षति पुगेको थियो । राहतको कार्यविधि पारित भएसँगै पीडितहरूमा केही आशा जागेको छ ।

जयगढका आगलागी पीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले नगद ५० लाख रुपियाँ उपलब्ध गराइसकेको छ, भने गाउँपालिकाले छ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । विभिन्न व्यक्ति, राजनीतिक दल तथा सङ्घ संस्थाले पनि गाउँपालिकाको कोषमा रकम जम्मा गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार