धनगढीसहित सुदूरपश्चिममा वर्षा, डोटी र डडेलधुरा आसपासमा बाढी-पहिरोको खतरा

धनगढी : सुदूरपश्चिममा आज वर्षा भएको हो। सुदूरपश्चिमको तराईदेखि पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा सुरु भएको छ।

वर्षा सुरु भएपछि खासगरी देशका पश्चिमी जिल्लाहरूमा बाढीको जोखिम बढेको जनाइएको छ। सोही कारण जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले एकपछि अर्को चेतावनी जारी गरिरहेको छ। 

यस क्रममा बिहीबार बिहान बाढी महाशाखाले डोटीको पश्चिम सेती, डोटीको दिपायल र डडेलधुराको साहुखर्क र आसपास क्षेत्रमा भारी वर्षा भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन सुझाव दिएको छ। 

बिहीबार बिहान ८:३० बजे चेतानवी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘पछिल्लो १-३ घण्टामा डोटीको पश्चिम सेती, दिपायल डोटी र डडेलधुराको साहुखर्क वर्षामापन केन्द्रहरू र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको, सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बाढीसमेत हुन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले दिउँसोसम्मै आवश्यक सतर्कता अपनाइराखौँ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार